Below Menu
Below Menu

ग्रीन डेभलपमेन्ट बैंकद्वारा लाभांश घोषणा, बुक क्लोज कहिले ? 

ग्रीन डेभलपमेन्ट बैंकद्वारा लाभांश घोषणा, बुक क्लोज कहिले ? 

काठमाडौं : ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको बिहिबार बसेको सञ्चालक समितिको बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४ प्रतितश लाभाशं वितरण गर्ने घोषणा गरेको हो । 

बैंकले हाल कायम चुक्ता पूँजीको ३.८ प्रतिशतका दरले हुन आउने एक करोड ९७ लाख २२मेजे हजार रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२० प्रतिशतका दरले हुन आउने १० लाख ३८ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त प्रस्तावित लाभांश पारित गर्न बैंकले चैत २७ गते दशौँ तथा एघारौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा मेजेष्टिक लेक फ्रन्ट होटल एण्ड सुइट पोखरामा बिहान ११ बजे हुनेछ ।

यसका साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफ गर्ने, लेखापरिक्ष नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले चैत ९ गते बुकक्लोज गर्ने भएको छ। जसअनुसार चैत ८ गतेसम्म नेप्सेमा भइ कायम भक्एा शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Advertisment

थप समाचार