काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २२.१० अंकले बढेर २०५२.६५ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से १३.५१ अंकले बढेर २०३०.५५ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १९४ कम्पनीको शेयरमूल्य बढेको छ । भने ४६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकम भने सुधार हुन सकेको छैन । आज बजारमा दुई अर्ब ९२ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा तीन अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज शिवम् सिमेन्ट्स लिमिटेडको सर्र्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २२ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा वीन नेपाल लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज चिरख्या हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ ।
Advertisment