काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा तीन कम्पनीको एक करोड कित्ता बढी बोनस शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा नेपा एसबीआई बैंक, मुक्तिनाथ विकास बैंक र आरएसडीसी लघुवित्त वित्तीय संस्थाको एक करोड ८ लाख ३ हजार ४४२ दशलमव १७४८ कित्ता बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार नेपाल एसबीआई बैंकको ३.७५ प्रतिशत बोनसपछिको ३७ लाख ९५ हजार २३५ दशमलव ७६४८ कित्ता र मुक्तिनाथ विकास बैंकको ९.७५ प्रतिशत बोनसपछिको ६२ लाख ६० हजार ३७७ दशलमव ७६ कित्ता शेयर सूचीकृत भएको छ ।
त्यस्तै आरएसडीसी लघुवित्त वित्तीय संस्थाको ८.६ प्रतिशत बोनसपछिको ७ लाख ४७ हजार ८२८ दशमलव ६५ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
Advertisment