Below Menu
Below Menu

नियामक निकायलाई अर्थमन्त्रीको निर्देशनः सात दिन भित्र पूँजी बजार सुधारका कार्ययोजना पेश गर्नु

नियामक निकायलाई अर्थमन्त्रीको निर्देशनः सात दिन भित्र पूँजी बजार सुधारका कार्ययोजना पेश गर्नु

काठमाडौं : अर्थमन्त्री बर्षमान पुन अनन्तले पूँजी बजार सुधारका लागि तीन नियमनकारी निकायलाई सात दिन भित्र सुधार कार्ययोजना पेश गर्न निर्देशन दिएका छन् । 

पूँजी बजार आर्थिक विकासको आधार रहेको भन्दै यसलाई तत्काल सुधार गर्न मातहतका तीन नियमनकारी निकायसँग अर्थमन्त्रालयले कार्ययोजना मागेको हो । 

आइतबार अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखाले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई सात दिन भित्र कार्ययोजना पेश गर्न पत्र पठाएको हो ।

अर्थमन्त्री पुनले देशको अर्थतन्त्रको विकासको मेरुदण्ड रहेको पुँजी बजारमा देखिएका समस्या समाधान एवं त्यसको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामको बारेमा सरोकारवालाको राय समेत लिई कार्ययोजना पेश गर्न निर्देशन दिएका हुन् । 

अर्थमन्त्रालयका अनुसार फागुन २७ गतेको मितिमा तीन निकायहरुको नाममा काटिएको पत्र आइतबार नै सम्बन्धित कार्यालयहरुको जानकारीमा पुगिसकेको बताईएको छ । 


 

Advertisment

थप समाचार