Below Menu
Below Menu

सर्वोत्तम सिमेन्ट्सको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल नियुक्त 

सर्वोत्तम सिमेन्ट्सको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल नियुक्त 

काठमाडौं : सर्वोत्तम सिमेन्ट्सको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिले सर्वोत्तमको धितोपत्र कारोबारसम्बन्धी सम्पूर्ण विवरण अद्यावधिक गर्न उक्त क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । 

यससँगै कम्पनीको शेयर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण काम एनआईएमबि एस क्यापिटलबाट हुनेछ । 

कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण काम फागु २५ गते शुक्रबारदेखि एनआईएमबि एस क्यापिटलमार्फत हुने कम्पनीले जनाएको छ ।
 
 

Advertisment

थप समाचार