Below Menu
Below Menu

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

माउन्टेन इनर्जी र नेशनल लघुवित्त लिमिटेडले लाभांश तथा साधारणसभा प्रयोजनार्थ भोली (फागुन ३०) बुकक्लोज गर्दै छ । यी कम्पनीका आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् ।

नेशनल लघुवित्तले गत वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले चैत १६ गते वार्षिक साधारण सभा बोलाएको छ । 

त्यस्तै, माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत वर्षको नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले चैत १३ गते साधारण सभा बोलाएको छ । 

Advertisment

थप समाचार