काठमाडौं : चैत्र महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । हाल सञ्चालनमा रहेका २० बैंकहरुमध्ये १७ वटाले ब्याजदर घटाएका हुन् । दुई २ वटा बैंकले भने ब्याजदर स्थिर राखेका छन् ।
ग्लोबल आइएमई र प्रभु बैंकले फागुन महिनाकै ब्याजदर यथावत राखेको छ । तर एन आई सी एशिया बैंकले भने ब्याजदर बढाएको छ ।
फागुन महिनामा बैंकहरुको औषत ब्याजदर ७.७५ प्रतिशत थियो । चैत्र महिनामा यस्तो ब्याजदर घटेर ७.२४ प्रतिशत कायम भएको छ ।
चैत्र महिनाको लागि ब्याजदर बढाएर एनआईसी एशिया बैंकले ८.५४ प्रतिशत पुर्याएको छ । बैंकको ब्याजदर फागुनमा बैंकको ब्यजदार ८ प्रतिशत थियो ।

Advertisment