Below Menu
Below Menu

चक्रपथ सुधार आयोजना अस्थिर भएपछि सहरी सफाइ र व्यवस्थापनमा समस्या: बालेन 

चक्रपथ सुधार आयोजना अस्थिर भएपछि सहरी सफाइ र व्यवस्थापनमा समस्या: बालेन 

काठमाडौं : चक्रपथ सुधार आयोजनाको काम अनिश्चित देखिएको बताउँदै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले दोस्रो चरणमा हुने निर्माण प्रक्रियाको विषयमा स्पष्ट हुन चाहेको बताएका छन् ।

विभिन्न चरणका सम्झौता र स्थलगत अवलोकनबाट निर्माण कार्यको नतिजा नदेखिएको बताउँदै उनले, चक्रपथ अव्यवस्थित भएपछि धुँवा धुलो बढेको, सवारी साधनबाट धुलो सहरका कुनाकुनामा पुग्ने भएकोले निरन्तर सफाइ गर्दा पनि सहरलाई अपेक्षित स्वच्छ बनाउन कठिन भएको बताएका छन् ।

महानगरपालिकाले आफ्नोतर्फबाट २२ स्थानमा संरचना हटाउने लगायतका काम गरिसकेको धारणा राख्दै शाहले, महानगरपालिकासँग प्रत्यक्ष सम्बन्ध राख्ने आयोजना कार्यान्वयनका प्रक्रियाका विषयमा समन्वय नगरिएको, संवाद नभएको बताएका छन् । 

Advertisment

थप समाचार