काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.४८ अंकले घटेर २१०८.७२ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ५८.५८ अंकले बढेर २१११.२४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ९४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकम पनि सामान्य गिरावट देखिएको छ । आज बजारमा चार अर्ब २४ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा चार अर्ब ५५ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज शिवम् सिमेन्ट्स लिमिटेडको सर्र्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २५ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा वीन नेपाल लघुवित्त वित्तीय संस्था कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज अप्पर तामाकोशी हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment