काठमाडौं : चालु आर्थिक वर्षको सात महिनामा वाणिज्य बैंकहरुले करिब साढे ३५ अर्ब रुपैयाँ नाफा कमाएका छन् । राष्ट्र बैंकका अनुसार गत साउनदेखि माघसम्म बैंकले ३५ अर्ब ४९ करोड ३२ लाख रुपैयाँ नाफा कमाएका हुन्।
राष्ट्र बैंकका अनुसार यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले माघ मसान्तसम्म ३ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको हो ।
त्यस्तै राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ । त्यसैगरी ग्लोबल आइएमई बैंकले २ अर्ब ६८ करोड २९ लाख, प्राइम बैंकले २ अर्ब ५४ करोड ६९ लाख र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक २ अर्ब ३८ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
राष्ट्र बैंकमा अनुसार माघ मसान्तसम्म एनआईसी एसिया बैंकले २ अर्ब १४ करोड ३० लाख, एभरेस्ट बैंकले १ अर्ब ९८ करोड ९९ लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंकले एक अर्ब ९४ करोड १७ लाख रुपैयाँ नाफा कमाएको तथ्यांकमा उल्लेख छ ।
यस अवधिमा एनएमबि बैंकले १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५७ करोड ३३ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ८३ करोड ७४ लाख रुपैयाँ र सिद्धार्थ बैंकले १ अर्ब ४१ करोड ८३ लाख रुपैयाँ नाफा कमाएका छन् ।
राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म लक्ष्मी सनराइज बैंकले १ अर्ब ४० करोड ८७ लाख, सानिमा बैंकले १ अर्ब ४० करोड १२ लाख रुपैयाँ र कुमारी बैंकले एक अर्ब १२ करोड १९ लाख नाफा कमाएका छन् ।
पाँच बैंक अझै पुगेनन् अर्ब क्लबमा
यस अवधिमा १५ बैंकले एब अर्ब भन्दा बढी नाफा कमाउँदा पाँच बैंकको नाफा भने अर्ब भन्दा कम रहेको छ । यस अवधिमा सिटिजन्स बैंकले ९९ करोड ७८ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले ९८ करोड ४ लाख रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी यस अवधिमा सरकारी बैंक नेपाल बैंकले ९५ करोड ९१ लाख रुपैयाँ, प्रभु बैंकले ९२ करोड ७६ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकले ८५ करोड २४ लाख रुपैयाँ नाफा कमाएका छन् ।
Advertisment