Below Menu
Below Menu

हकप्रद जारी गर्ने अनुमति माग्दै प्रभु महालक्ष्मी लाइफले दियो बोर्डमा निवेदन 

हकप्रद जारी गर्ने अनुमति माग्दै प्रभु महालक्ष्मी लाइफले दियो बोर्डमा निवेदन 

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ कति दरमा हकप्रद शेयर निष्कासनको अनमति माग्दै गत फागुन २२ गते बोर्डमा निवेदन दिएको हो।

कम्पनीले चुक्तापुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँको १७ प्रतिशत अर्थात १ः०.१७ अनुपातमा हकप्रद निष्कासन लागेको हो। कम्पनीको गत पुस २९ गते सम्पन्न भएको छैटौँ वार्षिक साधारणसभाले हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

बोर्डको अनुमति पाएसँगै कम्पनीले ७३ करोड ३ लाख २० हजार रुपैयाँ बराबरको ७३ लाख ३ हजार २०० कित्ता हकप्रद जारी गर्नेछ । हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब २ करोड ६३ लाख २० हजार रुपैयाँ पुग्नेछ।

 

Advertisment

थप समाचार