Below Menu
Below Menu

धितोपत्र ब्रोकर्स एसोसिएसनको अध्यक्षमा सागर ढकाल

धितोपत्र ब्रोकर्स एसोसिएसनको अध्यक्षमा सागर ढकाल

काठमाडौं : धितोपत्र ब्रोकर्स एसोसिएसन नेपाल (डिब्यान)को अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन ।

एसोसिएसनको प्रथम वार्षिक साधारण सभाबाट आगामी ४ वर्षका लागि ढकालको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । सोही साधारण सभाबाट एसोसिएसनको बरिष्ठ उपाध्यक्षमा अंञ्जीव तुलाघर, उपाध्यक्षमा अतित लाल श्रेष्ठ, महासचिबमा कृष्ण गिरी कोषाध्यक्षमा सुमन कुमार मल्ल निर्बाचित भएका छन् ।

कार्यसमिति सदस्यमा अधिवक्ता बिष्णु गिरीसहित ८ जना निर्वाचित भएका छन् । काठमाडौंमा भएको साधारण सभाबाट अधिवक्ता गिरी सहित १३ सदस्यीय नयाँ कार्यसमिति निर्बाचित भएको हो ।

सो साधारण सभाको उद्घाटन नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारीले गरेका थिए भने नेप्सेका कार्यकारी प्रमुख कृष्णबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।

Advertisment

थप समाचार