Below Menu
Below Menu

विश्वको उत्कृष्ट हजार बैंकभित्र ‘ग्लोबल आइएमई’ सूचीकृत गराउने अध्यक्ष ढकालको दाबी (भिडियो)

विश्वको उत्कृष्ट हजार बैंकभित्र ‘ग्लोबल आइएमई’ सूचीकृत गराउने अध्यक्ष ढकालको दाबी (भिडियो)

काठमाडौं : ग्लोबल आइएमई बैंकलाई विश्वको उत्कृष्ट एक हजार बैंकको सूचीमा छिट्टै समावेश गराउने अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । चुक्तापुँजीको हिसाबले नेपालको सर्वाधिक ठूलो बैंकको रुपमा ग्लोबल आइएमई बैंक रहेको छ ।

बैंकको आधिकारिक युट्युब च्यानलमा एक अन्तर्वार्ताका क्रममा अध्यक्ष ढकालले विश्वको हजारमध्ये बैंकका रुपमा सूचीकृत गर्नका लागि एक–दुई वर्षको लाभांश रकमले नै पुँजी प्रयाप्त हुने उनले बताए।

विश्वभरका बैंकहरूको कारोबारसँग सम्बन्धित तथ्याङ्क संकलन र मूल्याङ्कन गर्दै आएको द बैंकरले सार्वजनिक गरेको सन् २०२३ को विश्वका शीर्ष एक हजार बैंकको सूचीको पुछारमा रहेको उत्तर अमेरिकी वित्तीय संस्थान जर्मन अमेरिकन बैंकर्पको सम्पत्ति ६१५६ मिलियन अमेरिकी डलर बराबर रहेको थियो। 

ग्लोबल आइएमई बैंकको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार यसको खुद सम्पत्ति ४१८१.२४ मिलियन अमेरिकी डलर बराबर छ। ग्लोबल आइएमई बैंकको चुक्तापुँजी २७३ मिलियन अमेरिकी डलरबराबर छ।

सन् २०२३ कै सूची र तथ्याङ्कलाई आधार मान्ने हो भने शीर्ष एक हजार बैंकको सूचीमा दरिनका लगि ग्लोबल आइएमई बैंकको खुद सम्पत्तिमा कम्तीमा पनि थप १९५० मिलियन अमेरिकी डलरबराबर थप सम्पत्ति आवश्यक पर्नेछ।

यसैगरी पुस मसान्तसम्मको चालु आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार ग्लोबल आइएमई बैंकको रिटर्न अन इक्विटी ११.३६ प्रतिशत र क्यापिटल एडिक्वेसी रेट १२.३७ प्रतिशत छ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

Advertisment

थप समाचार