सेबोन अध्यक्षको दौडमा १९ जना, कसले मार्ला बाजी?

सेबोन अध्यक्षको दौडमा १९ जना, कसले मार्ला बाजी?

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि १९ जनाको आवेदन परेको छ ।

Sponsored Advertisement

रमेश हमालको २१ महिने कार्यकाल पुस २० गते सकिएपछि बोर्ड नेतृत्व विहिन थियो । रिक्त अध्यक्ष पदमा १९ जनाको आवेदन परेको अर्थ मन्त्रालय स्राेतले जनाएकाे छ । 

अध्यक्ष पदका लागि चिरन्जीवी चापागाई, कृष्णराज पोखरेल, सन्तोष नारायण श्रेष्ठ, डा. नवराज अधिकारी, डा. गोपाल प्रसाद भट्ट, निरज गिरी, डा. केशव प्रसाद श्रेष्ठ, कृष्णबहादुर अधिकारी, डा. रघुराज काफ्ले, मुक्तिनाथ श्रेष्ठ, प्रविन पन्दाक, सुर्यप्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, डा. बीमलकुमार तिवारी, रामकृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्याल र कृष्णबहादुर कार्कीको आवेदन परेको हो ।

बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाको बाँकी कार्यकाल अर्थात २१ महिनाका लागि बोर्ड अध्यक्षमा रमेश नियुक्त भएका थिए । ढुंगानालाई सरकारले २०७६ पुसमा ४ वर्षका लागि बोर्ड अध्यक्ष बनाएको थियो । तर, ढुंगानालाई सरकारले २०७८ असोज १९ मा पदमुक्त गरेको थियो । सर्वोत्तम सिमेन्ट सेयर कारोबार प्रकरणमा मुछिएपछि सरकारले ढुंगानालाई पदमुक्त गरेको थियो ।

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन भएको छ। अध्यक्ष पदका लागि आवेदन दिएकाहरुमध्येबाटै अब कम्तीमा ३ जनाको नाम छनोट गरी मन्त्रिपरिषद्‍मा सिफारिस गर्नेछ। सिफारिसमध्येबाटै एक जनालाई मन्त्रिपरिषदले बोर्ड अध्यक्ष नियुक्त गर्नेछ। ।

थप समाचार