Below Menu
Below Menu

पाँच अर्ब रुपैयाँ बराबरको ‘अग्राधिकार शेयर’ जारी गर्दै नबिल बैंक

पाँच अर्ब रुपैयाँ बराबरको ‘अग्राधिकार शेयर’ जारी गर्दै नबिल बैंक

काठमाडौं : नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘अग्राधिकार शेयर’ जारी गर्ने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक लगायत नियमकारी निकायको स्वीकृति प्राप्त भएमा १०० रुपैयाँका दरले ५ करोड इकाई अर्थात् ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको हो ।

उक्त रकम बराबर ८ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने र सेयर कम फिर्ता नहुने प्रकृतिको अग्राधिकार सेयर व्यक्तिगत तवरबाट मात्र बिक्री गरिने गरी जारी गरिने समेत बैंकले जनाएको छ । 

यस्तै बैंकले राष्ट्र बैंक लगायत नियमनकारी निकायको स्वीकृति प्राप्त गरे पश्चात् ८ प्रतिशत नबिल डिबेन्चर २०८९ (८ वर्षे अवधिको) समेत जारी गरिने बताएको छ । 

Advertisment

थप समाचार