काठमाडौं : चालु आर्थिक वर्षको फागुन महिनामा घरजग्गा कारोबारबाट करिब चार अर्ब राजस्व संकलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागकाअनुसार यस अवधिमा घरजग्गाको कारोबारमा कमी आएको छ ।
विभागका अनुसार फागुन महिनामा घरजग्ग्गा कारोबारबाट कुल राजस्व ३ अर्ब ९५ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन भएको छ । जुन गत माघको तुलनामा ६.६५ प्रतिशत अर्थात २४ करोड ७० लाखले बढी हो । माघमा सरकारले घरजग्गा कारोबारबाट कुल राजस्व ३ अर्ब ७१ करोड २८ लाख ११ हजार ९१४ रुपैयाँ राजस्व संकलन गरेको थियो ।
विभागकाअनुसार कुल राजस्वमध्ये सेवा कर २५ करोड ६६ लाख रुपैयाँ, रजिष्ट्रेसन दस्तुर २ अर्ब ३८ करोड ६ लाख रुपैयाँ र पुँजिगत लाभ कर १ अर्ब २८ करोड ४८ लाख रुपैयाँ तथा अन्य कर तथा दस्तुरहरु रहेका छन् ।
फागुनमा महिनामा ४९ हजार २८७ घरजग्गा कारोबार भएको विभागले जनाएको छ । यस अवधिमा ३६ हजार ७५१ वटा जग्गा रोक्का भएको छ भने २९ हजार १४१ जग्गा फुकुवा भएको विभागको तथ्यांकमा उल्लेख छ । यसअघि माघमा महिनामा ४९ हजार २९० वटा घरजग्गा किनबेच भएको थियो ।
त्यस्तै, पुसमा ४५ हजार २७७ वटा, मंसिरमा ४१ हजार ८५१ वटा, कात्तिकमा २६ हजार, असोजमा ४७ हजार ३९८ वटा भदौमा ३५ हजार ६८६ वटा र साउनमा ३९ हजार २६३ वटा घरजग्गा किनबेच भएको थियो ।
Sponsored Advertisment
Advertisment