काठमाडौं : नेपालमा कार्यरत भारतीय नागरिकले क्युआर कोडमार्फत दैनिक १५ हजार रुपैयाँसम्म भुक्तानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्र २०८० मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
नयाँ व्यवस्था अनुसार र नेपालमा कार्यरत भारतीय नागरिकले बैंकखाता आवद्ध विद्युतीय बैंकिङ्ग (इ–बैंकिङ्ग), अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ्ग, क्युआर कोड मार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा प्रतिदिन भारु १५ हजार र प्रति महिना भारु एक लाख जम्मा हुने गरी पारिश्रमिक बापतको सटही सुविधा पर्सनल पेमेन्ट ट्रान्फर प्रदान गर्न सक्नेछन् ।
तर, यस्तो सटही सुविधामा उपदफा १ र २ मा उल्लिखित सीमा समेत लागू हुने गरी सम्बन्धित बैंक तथा वित्तीय संस्थाले व्यवस्था मिलाउनु पर्ने राष्ट्र बैंकले जनाएको छ ।
भारतबाट नेपालमा विप्रेषण भित्र्याउने प्रयोजनको लागि राष्ट्र बैंक र भारतीय रिजर्व बैंकले व्यवस्था गरेको (इन्दो नेपाल रेमिट्यान्स सुविधा स्किम) को अतिरिक्त नेपाली नागरिकले भारतीय बैंक तथा वित्तीय संस्थामा खोलेको बैंक खाता आवद्ध विद्युतीय बैंकिङ्ग (इ–बैंकिङ्ग), अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ्ग, क्युआर कोडमार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट विप्रेषण र भित्र्याउन सकिने छ ।
नेपाली व्यवसायीहरुले वस्तु तथा सेवा बिक्री गरेबापतको परिवर्त्य विदेशी मुद्रा बैंक खातामा प्राप्त हुने गरी मर्चेन्ट पेमेन्ट विदेशमा जारी भएको क्युआर कोड मार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट स्वीकार एक्वाएर गर्न सकिने राष्ट्र बैंकल जनाएको छ ।
यस्तो कारोबारमा निहित रहने सम्पूर्ण जोखिमहरु र सोका निराकरण÷न्यूनीकरणका उपायहरु सम्बन्धित वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंक आफैँले विश्लेषण तथा व्यवस्थापन गर्नु पर्नेछ ।
Advertisment