काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.६२ अंकले घटेर २०७०.२५ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से २७.८४ अंकले घटेर २०८०.८७ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ८४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकम पनि सामान्य गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ३८ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा तीन अर्ब ९४ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज शिवम् सिमेन्ट्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४१ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment