Below Menu
Below Menu

नेरुडे मिर्मिरे लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त 

नेरुडे मिर्मिरे लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त 

काठमाडौं : नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिले कम्पनीको धितोपत्र कारोबारसम्बन्धी सम्पूर्ण विवरण अद्यावधिक गर्न उक्त क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । 

यससँगै कम्पनीको शेयर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङबाट हुनेछ । 

कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण काम चैत ४ गते आइतबारदेखि नेपाल एसबीआई मर्चेन्ट बैंकिङमार्फत हुने कम्पनीले जनाएको छ ।
 
 

Advertisment

थप समाचार