Below Menu
Below Menu

सानिमा र कुमारी बैंकका पाँच शेयरधनी बाहिरिए, साढे चार लाख कित्ता शेयर बिक्रीमा 

सानिमा र कुमारी बैंकका पाँच शेयरधनी बाहिरिए, साढे चार लाख कित्ता शेयर बिक्रीमा 

काठमाडौं : दुई वाणिज्य बैंकले साढे चार लाख कित्ता शेयर बिक्रीमा ल्याएका छन् । सानिमा  र कुमारी बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ४ लाख ६१ हजार ९५० कित्ता शेयर विद्यमान शेयरधनीहरु र सर्वसाधारणले समेत खरिद गर्न पाउनेगरी बिक्रीमा ल्याएका हुन् । 

कुमारी बैंक लिमिटेडले चार जना संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ६१ हजार ९५० कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले तीन हजार ५८७ कित्ता शेयर सर्वसाधारणका लागि र एक लाख ५८ हजार ३६३ कित्ता शेयर विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । 

त्यसैगरी सानिमा बैंक लिमिटेडले संस्थापक शेयरधनी टेकराज निरौलाको नाममा रहेको तीन लाख कित्ता शेयर विद्यमान शेयरधनीहरुका लागि बिक्रीमा ल्याएको हो । उक्त शेयरको मूल्य न्युनतम प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । 
 
बैंकको शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले शेयर खरिदका लागि आवश्यक कागजात र आफूले किन्न चाहेको शेयर संख्या र रकम खुलाई ३५ दिनभित्र आवेदन दिनु पर्नेछ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई शेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

Advertisment

थप समाचार