Below Menu
Below Menu

‘ग्लोबल मनी विक–२०२४’ वित्तीय चेतनाको अंग: गर्भनर अधिकारी 

‘ग्लोबल मनी विक–२०२४’ वित्तीय चेतनाको अंग: गर्भनर अधिकारी 

काठमाडौं : नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाल अधिकारीले ‘ग्लोबल मनी विक–२०२४’ वित्तीय चेतनाको अंग रहेको बताएका छन् । सोमबार नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा आयोजना गरिएको ‘ग्लोबल मनी विक – २०२४’ को समुद्घाटनमा बोल्दै उनले यस्तो बताएका हुन् । 

वित्तीय जागरण र सचेतना अनिवार्य रहेको बताउँदै उनले भने, ‘वित्तीय क्षेत्रले कुनै पनि प्रडक्ट ल्याउँदा, नीति ल्याउँदा त्यसको कार्यान्वयनमा जान वित्तीय चेतना हुन जरुरी छ । त्यो चेतनाको अंगको रुपमा पनि यो साप्ताहिक कार्यक्रमलाई लिने गरिन्छ ।’

राष्ट्र बैंकले ‘सुरुआत युवाबाटै, बलियो आधार बचतबाटै’ भन्ने मुल नाराको साथ ‘ग्लोबल मनी विक – २०२४’ आजबाट शुरु गरेको छ । 

राष्ट्र बैंकको संयोजनमा अन्य नियामक निकायहरुको पनि समिति बनेको छ । प्रत्येक निकायहरु खास गरी नेपाल बीमा प्राधिकरणर नेपाल धितोपत्र बोर्ड लगायत सहकारीको पनि सक्रिय सहभागीता रहेको छ । 

उक्त कार्यक्रमलाई व्यापक रुपमा दुर्गम जिल्लाहरुमा समेत पुर्याउने गर्भनर अधिकारीले बताए । फाइनान्सियल इन्क्लुजनको पाटोमा लिएको बताउँदै उनले यसका वित्तीय साक्षरता मूख्य हडल्स (अवरोध) रहेको बताए ।

Advertisment

थप समाचार