Below Menu
Below Menu

नेप्से परिसूचकमा सामान्य वृद्धि, दुई अर्ब ८८ करोडमा समेटियो कारोबार 

नेप्से परिसूचकमा सामान्य वृद्धि, दुई अर्ब ८८ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.२७ अंकले बढेर २०७३.५३ बिन्दुमा पुगेको हो । आइतबार नेप्से १०.६२ अंकले घटेर २०७०.२५ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ८४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेपनि कारोबार रकम भने सामान्य गिरावट देखिएको छ । आज बजारमा दुई अर्ब ८८ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा तीन अर्ब ३८ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज गोर्खाज फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २३ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा गोर्खाज फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पिपुल्स पावर लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । 
 

Advertisment

थप समाचार