Below Menu
Below Menu

वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति २४.५ प्रतिशतले बढ्यो 

वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति २४.५ प्रतिशतले बढ्यो 

काठमाडौं : वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति २४.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैैंकले सार्वजनिक गरेको वित्तीय क्षेत्र सर्वेक्षण र अन्य वित्तीय संस्था सर्वेक्षणमा यस्तो देखिएको हो ।

राष्ट्र बैंकका अनुसार वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति गत असारसम्म ११ खर्ब ४९ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा २४.५ प्रतिशतले वृद्धि भई चालु आवको असारसम्म १४ खर्ब ५२ अर्ब ३ करोड पुगेको छ । वित्तीय क्षेत्रको यस्तो सम्पत्ति ०७८ असारसम्म १३ खर्ब ७० अर्ब ५२ करोड र ०७७ असारसम्म १३ खर्ब २६ अर्ब ३४ करोड रहेको थियो ।

त्यस्तै वित्तीय क्षेत्रको आन्तरिक दावी गत असारमा ६३ खर्ब ५ अर्ब ८१ करोड रहेकोमा ८.६ प्रतिशतले वृद्धि भई यस आवको असारसम्म ६८ खर्ब ५० अर्ब ३० करोड पुगेको छ । वित्तीय क्षेत्रको यस्तो दावी २०७८ असार मसान्तमा ५४ खर्ब ५३ अर्ब र २०७७ असार मसान्तमा ४३ खर्ब २९ अर्ब १० करोड रहेको थियो । 

सरकारमाथिको खुद दावी २०७९ असारमा ७ खर्ब ५३ अर्ब २८ करोड रहेकोमा ३५.८ प्रतिशतले वृद्धि भई असारसम्म १० खर्ब २३ अर्ब ९ करोड पुगेको छ । २०७८ असार मसान्तमा  यस्तो दावी ५ खर्ब ९५ अर्ब ३० करोड र २०७७ असार मसान्तमा ४ खर्ब ६५ अर्ब २६ करोड रहेको थियो । 

राष्ट्र बैंकका अनुसार वित्तीय क्षेत्रको सार्वजनिक गैर–वित्तीय संस्थान माथिको दावी २०७९ असारसम्म ३२ अर्ब ४४ करोड २९ लाख रहेकोमा यस अवधिमा ३२ अर्ब ४४ करोड २४ लाख रहेको छ । २०७८ असारसम्म ३५ अर्ब ८२ करोड र २०७७ असार मसान्तमा ३६ अर्ब ७२ करोड रहेको थियो । 

गत आवको असारसम्म वित्तीय क्षेत्रको निजी क्षेत्रमाथिको दावी ५५ खर्ब २० अर्ब ९ करोड रहेकोमा ५.० प्रतिशतले वृद्धि भई  असार मसान्तमा ५७ खर्ब ९४ अर्ब ७६ करोड पुगेको छ । ०७८ असारमा यस्तो दावी ४८ खर्ब २१ अर्ब ८८ करोड र २०७७ असार मसान्तमा रु.३८२७ अर्ब १२ करोड रहेको थियो । 

तरल दायित्व 

राष्ट्र बैंकका अनु्सार वित्तीय क्षेत्रको तरल दायित्व २०७९ असारसम्म ४८ खर्ब १८ अर्ब ४ करोड रहेकोमा ११.६ प्रतिशतले वृद्धि भई यस अवधिमा ५३ खर्ब ७८ अर्ब ४२ करोड पुगेको छ । ०७८ असारमा यस्तो दायित्व ४५ खर्ब ५४ अर्ब १९ करोड र २०७७ असार मसान्तमा ३७ खर्ब ४७ अर्ब ५४ करोड रहेको थियो ।

वित्तीय क्षेत्रभन्दा बाहिर चलनचल्तीमा रहेको मुद्रा गत आवको सोही अवधिमा ५ खर्ब २ अर्ब ७६ करोड रहेकोमा १.१ प्रतिशतले बढेर ५ खर्ब ८ अर्ब ३७ करोड पुगेको छ । वित्तीय क्षेत्रभन्दा बाहिर रहेको यस्तो मुद्रा ०७८ असारमा ५ खर्ब ६६ अर्ब ९५ करोड र ०७७ असारमा ४ खर्ब ८५ अर्ब ६८ करोड रहेको थियो । 

वित्तीय क्षेत्रको माग निक्षेप दायित्व गत असारमा ४ खर्ब १२ अर्ब ९५ करोड रहेकोमा ०.४ प्रतिशतले कमी भई ४ खर्ब ११ अर्ब ४५ करोड रहेको छ । ०७८ असारमा  यस्तो दायित्व ४ खर्ब ४६ अर्ब ८१ करोड र ०७७ असार मसान्तमा ३ खर्ब ३७ अर्ब ५ करोड रहेको थियो ।

राष्ट्र बैंकका अनुसार अन्य निक्षेप दायित्व गत असारमा ३९ खबए २ अर्ब ३३ करोड रहेकोमा १४.३ प्रतिशतले वृद्धि भई ४४ खर्ब ५८ अर्ब ६० करोड पुगेको छ । ०७८ असारमा ३५ खर्ब ४० अर्ब ४२ करोड र २०७७ असारसम्म २९ खर्ब २४ अर्ब ८२ करोड रहेको थियो ।

अन्य वित्तीय संस्थाको खुद वैदेशिक सम्पत्ति

राष्ट्र बैंकका अनुसार अन्य वित्तीय संस्थाको खुद वैदेशिक सम्पत्ति असारसम्म ५ अर्ब ५२ करोडले ऋणात्मक रहेको छ । गत आवको असारसम्म यस्तो सम्पत्ति एक अर्ब ७० करोडले ऋणात्मक रहेकोे थियो । 

त्यस्तै २०७८ असार मसान्तमा यस्तो सम्पत्ति एक अर्ब १८ करोड र २०७७ असार मसान्तमा २ अर्ब १ करोडले ऋणात्मक रहेको थियो । 

आन्तरिक तर्फको सम्पत्ति

उक्त सर्वेक्षण अनुसार यस अवधिमा अन्य वित्तीय संस्थाको आन्तरिक दावी ७.६ प्रतिशतले बढेको छ । गत आवको असारसम्म १६ खर्ब ९८ अर्ब ५३ करोड रहेकोमा ७.६ प्रतिशतले वृद्धि भई १८ खर्ब २७ अर्ब ४६ करोड पुगेको छ । ०७८ असारसम्म यस्तो दावी १४ खर्ब ५५ अर्ब ५९ करोड र २०७७ असार मसान्तमा रु.११८३ अर्ब १९ करोड रहेको थियो ।

त्यस्तै सरकारमाथिको खुद दावी गत असारसम्म ६ अर्ब ११ करोड रहेकोमा ८२.८ प्रतिशतले वृद्धि भई ११ अर्ब १७ करोड पुगेको छ । वित्तीय क्षेत्रको यस्तो दावी ०७८ असार मसान्तमा ६ अर्ब ४३ करोड र २०७७ असार मसान्तमा ३ अर्ब ८६ करोड रहेको थियो ।

त्यसैगरी, सार्वजनिक गैर–वित्तीयसंस्थान माथिको दावी गत आवको सोही अवधिमा २८ अर्ब ६६ करोड रहेकोमा ०.५ प्रतिशतले वृद्धि भई २८ अर्ब ७९ करोड पुगेको छ । वित्तीय क्षेत्रको यस्तो दावी ०७८ असार मसान्तमा २८ अर्ब ३१ करोड र २०७७ असार मसान्तमा रु.२८ अर्ब २ करोड रहेको थियो ।

राष्ट्र बैंकका अनुसार निजी क्षेत्रमाथिको दावी गत असार मसान्तमा ८ खर्ब ३१ अर्ब ९ करोड रहेकोमा ७.३ प्रतिशतले वृद्धि भई ८ खर्ब ९१ अर्ब ४१ करोड पुगेको छ । अन्य वित्तीय संस्थाको यस्तो दावी २०७८ असार मसान्तमा ६ खर्ब ८२ अर्ब ३३ करोड र २०७७ असार मसान्तमा रु.५५० अर्ब २३ करोड रहेको थियो ।

अन्य वित्तीय संस्थाको केन्द्रीय बैंक र निक्षेप परिचालन गर्ने बैंक तथा वित्तीय संस्था माथिको दावी (नगद, माग तथा अन्य निक्षेप र अन्य लगानी लगायतका दावीसमेत) गत असारसम्म ८ खर्ब ३२ अर्ब ६७ करोड रहेकोमा ७.२ प्रतिशतले वृद्धि भई ८ खर्ब ९६ अर्ब ९ करोड पुगेको छ । अन्य वित्तीय संस्थाको यस्तो दावी०७८ असार मसान्तमा ६ खर्ब १ अर्ब ९ करोड र २०७८ असार मसान्तमा ७ खर्ब ३८ अर्ब ५२ करोड रहेको थियो ।

गैर–तरल दायित्व 

अन्य वित्तीय संस्थाको गैर–तरल दायित्व गत असारसम्म १३ खर्ब ११ अर्ब ७० करोड रहेकोमा ९.६ प्रतिशतले बढेर १४ खर्ब ३७ अर्ब ६६ करोड पुगेको छ । अन्य वित्तीय संस्थाको यस्तो दायित्व २०७८ असार मसान्तमा ११ खर्ब १२ अर्ब ६७ करोड र २०७७ असार मसान्तमा ९ खर्ब ३५ अर्ब ३५ करोड रहेको थियो । 
 

Advertisment

थप समाचार