काठमाडौं : सर्वोत्तम सिमेन्टको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । सोमबार नेप्सेले कम्पनीको ४ करोड ६५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो ।
कम्पनीले सर्वसाधारण लगानीकर्ता शेयरधनीहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित स्थानीय बासिन्दाहरु, सामुहिक लगानी कोष र कर्मचारीहरुसमेत) लाई वितरण गरेको ६० लाख कित्ता शेयर र संस्थापक शेयरधनीहरुले लगानी गरेका ४ करोड ५ लाख कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले बुकबिल्डिङ मार्फत सर्वसाधारणलाई शेयर जारी गरेको गरेको थियो । कम्पनीको शेयरलाई नेप्सेले (एसएआरबिटिएम) कारोबार म्बिोल दिएको छ।
नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि न्युनतम १८५.३६ पैसादेखि ५५६.०८ पैसा ओपनिङ्ग रेन्ज तोकेको । सोही आधारमा रहेर मंगलबारदेखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।
Advertisment