काठमाडौं : राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको कर्जा भुक्तानी अवधि बढीमा १ वर्ष थप गर्न सकिने जनाएको छ ।
जसका लागि ऋणीले २०८१ वैशाख मसान्तभित्र कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सकिने जनाएको छ । लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिई परिस्थितिजन्य कारणले कठिनाइमा परेका ऋणीको आवश्यकता र औचित्यको आधारमा एक पटकको लागि कर्जाको भुक्तानी अवधि बढीमा १ वर्ष थप गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी २०८० असार मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएका कर्जाका लागि भुक्तानी गर्न बाँकी ब्याजको कम्तीमा ५ प्रतिशत भुक्तानी गरी २०८० चैत मसान्तसम्म निवेदन दिइसक्नुपर्ने पनि जनाएको छ ।

Advertisment