काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ३.२७ अंकले बढेर २०७३.५३ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १०४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा तीन अर्ब ६३ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा दुई अर्ब ८८ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज शिवम् सिमेन्टस्को सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २५ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा बुद्ध भूमि नेपाल हाइड्रोपावर, सर्वोत्तम सिमेन्टस् र धौलागिरी लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड स्किम –२ को शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment