Below Menu
Below Menu

महिला लघुवित्तबाट बाहिरिए नौ शेयरधनी, करिब २ लाख कित्ता शेयर बिक्रीमा 

महिला लघुवित्तबाट बाहिरिए नौ शेयरधनी, करिब २ लाख कित्ता शेयर बिक्रीमा 

काठमाडौं : महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले करिब २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ९ जना संस्थापक शयरधनीको नाममा रहेको १ लाख ९९ हजार ४ सय ७२ कित्ता शेयर विद्यमान शेयरधनीले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय सागाँ, काभ्रेपलाञ्चोक वा सेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट ब्रंकिङ्ग लिमिटेड लेखनाथमाग ठमेलमा आफुले खरिद गर्ने शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको समयमा संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने कम्पनीले जनाएको छ । 

Advertisment

थप समाचार