Below Menu
Below Menu

शेयर बजारमा झिनो अंकको गिरावट, परिसूचकसँगै घट्यो कारोबार 

शेयर बजारमा झिनो अंकको गिरावट, परिसूचकसँगै घट्यो कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.३४ अंकले घटेर २०६३.९५ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ६.२४ अंकले घटेर २०६७.२९ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ९४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि सामान्य गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ४९ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा तीन अर्ब ६३ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १९ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा गोर्खाज पाmइनान्स, बुद्ध भूमि नेपाल हाइड्रोपावर र सर्वोत्तम सिमेन्टस् कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज बोटलर्स नेपाल (बालाजु) को  शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । 
 

Advertisment

थप समाचार