काठमाडौं : विकास बैंकहरुको खराब कर्जा २७ प्रतिशत नाघेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार बैंकहरुको (एनपीएल) २७.७५ प्रतिशतसम्म पुगेको छ ।
आर्थिक मन्दीको असर अहिले समग्र वित्तीय प्रणालीमा देखिएको छ । बैंक तचथा वित्तीय क्षेत्रहरु खराब कर्जाको दबाबमा परेका छन् । जसको असर नाफामा देखिएका छन् ।
पछिल्लो समय बजारमा देखिएको वित्तीय अराजकताले बैंक तथा वित्तीय कम्पनी थप ग्रसित बनेका छन् । लगानीको वातावरण बन्न नसक्दा बैैकिङ प्रणालीमा तरलता थुप्रिएर बसेको छ ।
बजारमा उपभोग्य वस्तुको माग घटेको छ । खराब कर्जाको बढ्दो ग्राफले बैंक तथा वित्तीय संस्थाहरुमा लगानीको जोखिम झन् बढीरहेको छ । सुस्ताउँदो आर्थिक गतिविधि र विकास निर्माणका कामहरु ठप्प हुँदा समग्र वित्तीय प्रणालीनै अहिले प्रताडित बनेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा २७.७५ प्रतिशत पुगेको छ । त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको एनपीएल १४.१६ प्रतिशत पुगेको छ ।
त्यसैगरी, मुक्तिनाथ विकास बैंकका २.५१ प्रतिशत रहेको छ भने ज्योति विकास बैंकको ४.८८ प्रतिशत, गरिमा विकास बैंकको २.९५ प्रतिशत र महालक्ष्मी विकास बैंकको ४.२१ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
यस अवधिमा शाइन रेसुङगा डेभलपमेन्ट बैंकको खराब कर्जा २.६२ प्रतिशत रहेको छ । त्यस्तै लुम्बिनी विकास बैंकको ३.५५ प्रतिशत, सांग्रिला डेभलपमेन्टको ४.८९ प्रतिशत र कामना सेवाका विकास बैंकको ३.४२ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार एक्सेल डेभलपमेन्ट बैंकको खराब कर्जा ४.७० प्रतिशत पुगेको छ भने मितेरी डेभलपमेन्टको २.७४ प्रतिशत पुगेको छ । त्यस्तै, सिन्धु विकास बैंकको खराब कर्जा सबै भन्दा कम १.०५ प्रतिशत रहेको पाइएको छ ।
त्यसैगरी कर्णाली डेभलपमेन्टको एनपीएल ४.४७ प्रतिशत, ग्रीन डेभलपमेन्ट ४.७० प्रतिशत, कर्पोरेट डेभलपमेन्टको ४.६६ प्रतिशत र साल्पा डेभलपमेन्ट बैंकको खराब कर्जा ६.४५ प्रतिशत पुगेको राष्ट्र बैंकले देखाएको छ ।

Advertisment