काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत साढे २० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार (आज) २० अर्ब ७१ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
राष्ट्र बैंकले पाँचअर्ब रुपैयाँ बराबरको २८ दिने, दश अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको ९१ दिने र ६० करोड रुपैयाँ बराबरको १८२ दिने र पाँच अर्ब रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल जारी गर्न लागेको हो । जसमा दश अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको ९१ दिने अवधिको ट्रेजरी नयाँ र बाँकी नविकरण गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी २०८१ बैंशाख ११ गते, ९१ दिन अवधिको ट्रेजरी २०८१ असार १२ गते, १८२ दिन अवधिको असोज ८ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ चैत ११ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल आज दिँउसो ३ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।
यसअघि राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने, चार अर्ब ३० करोड रुपैयाँ बराबरको ९१ दिने र नौ अर्ब रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल नविकरण गर्न गरेको थियो ।
Advertisment