Below Menu
Below Menu

दोहोरो अंकले घट्यो शेयर बजार, दुई अर्ब ४८ करोडमा समेटियो कारोबार 

दोहोरो अंकले घट्यो शेयर बजार, दुई अर्ब ४८ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १७.०१ अंकले घटेर २०३१.५५ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से १५.३७ अंकले घटेर २०४८.५७ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ३७ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि सामान्य गिरावट देखिएको छ । आज बजारमा दुई अर्ब ४८ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा चार अर्ब अर्ब ३१ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सोनापुर गोर्खाज फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २८ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा बोटलर्स नेपाल (बालाजु) र सर्वोत्तम सिमेन्टस् कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज किसान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार