Below Menu
Below Menu

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौं : नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै ट्वान्टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा विजयी सुरुआत गरेको छ । आयरल्याण्डले जितका लागि दिएको एक सय २२ रनको चुनौतीलाई नेपालले १६ दशमलव एक ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जितमा कुशल भुर्तेलले ३२ बल खेल्दै चार चौकाको सहयोगमा ३७ रन बनाए । 

त्यसैगरी सन्दिप जोराले ३५ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ३६ रन बनाए । दीपेन्द्र सिंह ऐरीले १२ बलमा दुई चौका र एक छक्काको सहयोगमा २० रन बनाए भने आसिफ शेखले ११ बलमा दुई चौका र एक छक्काको सहायताले १६ रन जोडे । गुल्सन झाले ४ रन बनाए ।

बलिङतर्फ आयरल्याण्डका ग्यारेथ डीलेनीले दुई विकेट लिए भने बेन व्हाइट र थोमस माएसले समान एक÷ एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्याण्ड ‘ए’ ले निर्धारित २० ओभरमा अलआउट हुँदै एक सय २१ रनको योगफल बनाएको थियो ।

आयरल्याण्डका लागि स्टेफन डोहेनीले सर्वाधिक ४६ रनको योगदान दिए । त्यसैगरी म्याथ्यु हम्फ्रिज र लियाम मकार्थीले समान १६÷१६ रन जोडे । त्यस्तै फिओन ह्यान्डले ११ रन बटुल्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपालका लागि ललित राजवंशी, गुलशन झा र कुशल भुर्तेलले समान दुई ÷दुई विकेट लिए भने करण केसी र कुशल मल्लले समान एक÷एक विकेट लिए । नेपालले आइरल्याण्डको ए विरुद्धको भोलि दोस्रो खेल खेल्नेछ । 

Advertisment

थप समाचार