काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.१४ अंकले बढेर २०४१.७० बिन्दुमा पुगेको हो । सोमबार नेप्से १७.०१ अंकले घटेर २०३१.५५ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १६८ कम्पनीको शेयरमूल्य बढेको छ । भने ६८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा सुधार देखिएको छैन । आज बजारमा दुई अर्ब ३५ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा दुई अर्ब ४८ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज शिवम् सिमेन्ट्सको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २८ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा दोल्ती पावर कम्पनी र सर्वोत्तम सिमेन्टस् कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment