काठमाडौं : नर्सरी व्यवसायी संघ नेपालले ‘प्रथम हर्टिकल्चर एक्पो २०८०’ को आयोजना गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गदै एक्पोका संयोजक रामजी कुँवरले चैत्र १६ गतेदेखि १९ गतेसम्म काठमाडौंको भृकृटीमण्डमा एक्पोको आयोजना गर्न लागेको जानकारी दिएका हुन् ।
संघले समग्र नर्सरी क्षेत्रको एकिकृत महाकुम्भ मेलाको रुपमा यस वर्ष देखि पुष्प, फलफूल, कृषिवन तथा जडिबुटी नर्सरीका व्यवसायीक उत्पादनहरुको वृहत प्रदर्शनीको रुपमा एक्पोको आयोजना गर्न लागेको हो ।
मेलामा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडिबुटी नर्सरीको ७०० भन्दा बढि प्रजातीका बोटविरुवाहरु प्रदर्शनी तथा विक्रि वितरणको लागि राखिने आयोजकले जनाएको छ ।
यसका साथै मेलामा मलखाद, अर्गानिक एवं रासायनिक बिषादी, विउ विजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल रहने छ । मेलामा ७४ वटा व्यवसायीक स्टल, ४ वटा फुड स्टल, ७ वटा अफिसियल स्टल तथा प्रतिष्पर्धाको ५ वटा स्टल समेत जम्मा ९० वटा स्टल रहने आयोजकले जनाएको छ ।
मेलाका संयोजक कुवँरका अनुसार प्रतिस्टलको भाडा २५ हजार रुपैयाँ राखिएको छ । आयोजकका अनुसार मेलामा कम्तीमा ५० हजार अवलोकनकर्ताले अवलोकन गर्नुका साथै १ करोड भन्दा बढीको आर्थिक कारोवार हुने अपेक्षा गरिएको छ ।
मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रति व्यक्ति १०० रुपैयाँ र विद्यार्थीहरु तथा जेष्ठ नागरिकको लागि प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क तोकिएको छ ।
उक्त मेलाले आर्थिक मन्दिले सुस्ताएका हरित अर्थतन्त्र विकासमा संलग्न उद्यमी व्यवसायीहरु तथा यस व्यवसाय प्रति अभिरुचि राख्ने र समग्र कृषि क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्ने सपना देखिरहेको उद्यमी व्यवसायीलाई उत्साहित गर्ने विश्वास लिएको संघले जनाएको छ ।
नर्सरी व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञाशु एवं अध्ययन अध्यापन साथै अनुसन्धान गर्ने सम्पुर्णको लागि यस मेला बृहत साझा मञ्च हुने हामीले
एक्पोमा व्यवसायीहरुको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई व्यवसायीहरुको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ । प्रतिस्पर्धाको मुल्यांकन गर्न कृषि वागवानी विज्ञ, वनस्पती विज्ञ, साथै माटो तथा पर्यावरण विज्ञ सहितको संलग्नतामा ३ सदस्यीय मुल्याकंन समिति समेत गठन गरेको संघले जनाएको छ ।
एक्स्पोमा निरन्तर नर्सरी व्यवसाय गरि यस क्षेत्रको विकासमा टेवा पुर्याउने पुराना व्यवसायीहरु मध्येबाट एक जनालाई “दिर्घकालीन क्रियाशिल नर्सरी व्यवसायी सम्मान” द्वारा सम्मान गरिने छ ।
साथै नर्सरीसँग सम्बन्धित वस्तु स्वदेश मै उत्पादन गरि आत्मनिर्भर बनाउन व्यवसायीहरुलाई उत्प्रेरणा जगाउने उद्देश्यको लागि नर्सरी व्यवसायी मध्यबाट १ जनालाई “वर्षको विशेष उत्पादनमुखी नर्सरी व्यवसायी सम्मान” द्वारा सम्मान गरिने छ ।
साथै नेपालको कृषि क्षेत्रको उन्नयनको लागि कलम चलाइ कृषकको आवाज बुलन्द गर्न क्रियाशिल कृषि सञ्चारकर्मीहरु मध्य २ जनालाई दोसल्ला, नगद तथा प्रमाणपत्र द्वारा उद्घाटन समारोहका प्रमुख अतिथिबाट सम्मान गरिने कार्यक्रम रहेको छ ।
Advertisment