Below Menu
Below Menu

गौतमश्री बहुउद्देश्यीय सहकारी पनि समस्याग्रस्त घोषणा

गौतमश्री बहुउद्देश्यीय सहकारी पनि समस्याग्रस्त घोषणा

काठमाडौं : नेपाल सरकारले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज (मंगलबार) संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो ।

गौतमश्री सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य र मान्यता विपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा सहकारी ऐन अनुसार समस्याग्रस्त घोषणा भएको मन्त्रालयले जनाएको छ ।

‘सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकोले सहकारी विभागका रजिष्ट्रारको प्रस्ताव सहितको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ,’ विज्ञप्प्तीमा भनिएको छ ।

डेढ वर्षअगाडि नै गौतमश्रीलाई सहकारी विभागले समस्याग्रस्त घोषणा गर्न सिफारिस गरे पनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आंशिक रूपमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । 

Advertisment

थप समाचार