Below Menu
Below Menu

मुक्तकम्लरीको गन्यारी कृषि सहकारीलाई कुखुरापालन गर्न एक लाख बढी सहयोग 

मुक्तकम्लरीको गन्यारी कृषि सहकारीलाई कुखुरापालन गर्न एक लाख बढी सहयोग 

तुलसीपुर : मुक्तकम्लरीले सञ्चालन गरेको दाङ तुलसीपुर–१८ स्थित गन्यारी कृषि सहकारी संस्थालाई कुखुरापालन गर्न पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रले रु एक लाख २६ हजार प्रदान गरेको छ । 

कम्लरी मुक्त भएपछि उनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउनुपर्ने भन्दै उक्त सहकारीलाई सहयोग गरिएको केन्द्रका अध्यक्ष डिल्ली रावतले बताए ।

उनका अनुसार पाँच सय बढी महिला उक्त सहकारीमा आबद्ध छन् । सोही सहकारीले यसअघि रैथाने सिमठारो धान पनि उत्पादन गरेको थियो । जग्गा भाडामा लिएर विभिन्न तरकारीखेती गर्दै आएको संस्थाका अध्यक्ष लक्ष्मी चौधरीले बताए ।

रकम हस्तान्तरण गर्दै लुम्बिनी प्रदेशका निवर्तमान पूर्वअर्थमन्त्री तथा प्रदेशसभा सदस्य धनबहादुर मास्कीले मुक्तकम्लरीहरूलाई आत्मनिर्भर बनाउन सहयोग गरेकामा केन्द्रको सराहना गरे । 

Advertisment

थप समाचार