Below Menu
Below Menu

दोहोरो अंकले घट्यो शेयर बजार, दुई अर्ब २३ करोडमा खुम्चियो कारोबार

दोहोरो अंकले घट्यो शेयर बजार, दुई अर्ब २३ करोडमा खुम्चियो कारोबार

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.८३ अंकले घटेर २०३०.८६ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १०.१४ अंकले बढेर २०४१.७० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ५१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा दुई अर्ब २३ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा दुई अर्ब ३५ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज शिवम् सिमेन्ट्सको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ९ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा सर्वोत्तम सिमेन्टस् कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । 
 

Advertisment

थप समाचार