Below Menu
Below Menu

गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय नियुक्त

काठमाडौं : गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् । बुधवार बसेको बैंक सञ्चालक समितिको ३०४औं बैठकले उपाध्यायलाई २०८१ बैशाख १ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि सीईओमा नियुक्त गरेको हो । उपाध्याय यस अघि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । 

व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत छन् । उनी विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक प्राध्यापन पेशामा संलग्न थिए । 

विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा समाप्त हुने भएसँगै बैंकले उपाध्यायलाई नियुक्त गर्ने निर्णय गरेको हो । 

साथै, सोही बैठकले विकास बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई मिति २०८० चैत्र १५ गतेदेखि लागू हुने गरी विकास बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ । 

Advertisment

थप समाचार