Below Menu
Below Menu

शतप्रतिशत हकप्रद जारी गर्ने अनुमति माग्दै तेह्रथुम पावरले माग्यो बोर्डको अनुमति 

शतप्रतिशत हकप्रद जारी गर्ने अनुमति माग्दै तेह्रथुम पावरले माग्यो बोर्डको अनुमति 

काठमाडौं : तेह्रथुम पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले १०० प्रतिशत हकप्रद जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । 

कम्पनीले खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माणका लागि हाल कायम चुक्ता पुँजीमा १ बराबरको १ अनुपातमा हकप्रद शेयर जारी गर्न बोर्डको अनुमति मागेको हो ।

हाल हाइड्रोपावरको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद शेयर जारी गरेपछि कम्पनीको पुँजी ८० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । 

Advertisment

थप समाचार