काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४० लाख कित्ता बढी ऋणपत्र सूचीकृत भएको छ । बिहिबार नेप्सेले बैंकको १० वर्ष अवधि तथा १० प्रतिशत ब्याजदरको ‘१०प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार बैंकको डिबेञ्चरको क्रमसंख्या १ देखि ४० लाख ४० हजारसम्मको प्रतिकित्ता १००० रुपैयाँ कायम भएको ४० लाख ४० हजार कित्ता ऋणपत्र सूचीकृत भएको हो ।
कम्पनीले प्रभु क्यापिटलमार्फत सर्वसाधारणमा ऋणपत्र बिक्री खुला गरेको थियो । सूचीकृत ऋणपत्र आइतबारदेखि कारोबारमा आउनेछ ।
Advertisment