Below Menu
Below Menu

शेयर बजारमा झिनो अंकको सुधार, परिसूचकसँगै बढ्यो कारोबार 

शेयर बजारमा झिनो अंकको सुधार, परिसूचकसँगै बढ्यो कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.७८ अंकले बढेर २०३५.६४ बिन्दुमा पुगेको हो । बुधबार नेप्से १०.८३ अंकले घटेर २०३०.८६ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १२० कम्पनीको शेयरमूल्य बढेको छ । भने ११५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकम पनि सामानय सुधार देखिएको छ । आज बजारमा दुई अर्ब ६५ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा दुई अर्ब २३ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सर्वोत्तम सिमेन्ट्सको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १९ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा हिमालय उर्जा विकास कम्पनी र सर्वोत्तम सिमेन्टस् कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज उन्नति सहकार्य लघुवित्त र धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार