Below Menu

हकप्रद शेयर निष्कासन गर्ने अनुमति माग्दै नेको इन्स्योरेन्सले दियो बोर्डमा निवेदन 

हकप्रद शेयर निष्कासन गर्ने अनुमति माग्दै नेको इन्स्योरेन्सले दियो बोर्डमा निवेदन 

काठमाडौं : नेको इन्स्योरेन्स कम्पनीले २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले  हकप्रद शेयर जारी गर्ने अनुमाति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो 

कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.२५ को अनुपातमा अर्थात २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो । धितोपत्र बोर्डको अनुमाति पाएसँगै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ५० लाख ३० हजार ९०१ दशमलव ५५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । 

हाल कम्पनीको चुक्तापुँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५१ करोड रुपैयाँ बढी हुनेछ। कम्पनीको हकप्रदा निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । 

Sponsored Advertisment