काठमाडौं : बिहिबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेसँगै अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको २.२२११ प्रतिशत बोनसपछिको शेष्यरमूल्य ४६१ दशमलव ७४ रुपैयाँमा समायोजन भएको छ । हाइड्रोपावरको अन्तिम कारोबार ४७२ रुपैयाँमा भएको थियो ।
Advertisment