Below Menu
Below Menu

नारायणी डेभलपमेन्ट बैंकले डाक्यो साधारणसभा, लाभांश नदिने 

नारायणी डेभलपमेन्ट बैंकले डाक्यो साधारणसभा, लाभांश नदिने 

काठमाडौं : नारायणी डेभलपमेन्ट बैंकले साधारण सभा बोलाएको छ । कम्पनीको चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले बैशाख २८ गते २२ औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा होटल स्टा चितवन, रत्ननगर टाँडी चितवनमा बिहान ११ः३० बजे बस्नेछ ।

उक्त बैठकले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

यसका साथै सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ । 
 

Advertisment

थप समाचार