Below Menu

बीमा कम्पनीहरुको लगानी बढाउन प्राधिकरणको लियो खुुकुलो नीति ! 

बीमा कम्पनीहरुको लगानी बढाउन प्राधिकरणको लियो खुुकुलो नीति ! 

काठमाडौं : बीमा कम्पनीहरुको लगानी बढाउन नेपाल बीमा प्राधिकरणले खुकुलो नीति लिएको छ । प्राधिरकरणले बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन २०८० संशोधन गर्दै पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्न प्रोत्साहन हुने गरी नयाँ नीति ल्याएको हो ।

Sponsored Advertisement

प्राधिकरणले पूर्वाधार क्षेत्रमा लगानी गर्दा कम्पनीहरुले राख्नुपर्ने प्रोभिजनीङ (वितरणयोग्य नाफाबाट लगानी रकम घटाउने) सर्तलाई खुकुलो बनाउादै यस्तो व्यवस्था गरेको हो । 

यस अघिबीमा कम्पनीले लगानी गरेको जलविद्युत्, पर्यटन, वायुसेवा, कृषि, स्वास्थ्य, घरजग्गा, शिक्षा सम्बन्धी कम्पनी लगानी गरेको तीन वर्ष भित्र नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचीकृत नभएमा शतप्रतिशत रकम वितरण योग्य नाफाबाट घटाउने अर्थात् प्रोभिजनीङ गर्नुपर्ने व्यवस्था थियो ।

उक्त व्यवस्थालाई संशोधन गर्दै प्राधिकरणले समय सीमालाई बढाएर न्यूनतम ५ वर्ष कायम गरिदिएको छ  भने लगानीका क्षेत्रहरूअनुसार फरक–फरक   बीमा तोकिदिएको छ ।

कम्पनीहरुले लगानी गरेको जलविद्युत् तथा सौर्य ऊर्जा कम्पनीको हकमा प्राधिरकणले न्यूनतम पाँच वर्षको समय सीमा तोकिएको छ । नयाँ व्यस्था अनुसार लगानी गरेको पाँच वर्षमा सम्बन्धित कम्पनीहरू शेयरमा सुचीकृत नभएमा बीमा कम्पनीले शतप्रतिशत रकम वितरणयोग्य नाफाबाट घटाउनुपर्ने हुन्छ ।

यसैगरी प्राधिकरणले पर्यटन, वायुसेवा, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि न्यूनतम ५ वर्षकै सीमा तोकिएको छ । पाँच वर्ष भित्र सम्बन्धित कम्पनीहरू शेयर बजारमा सुचीकृत नभएमा बीमा कम्पनीले लगानी बराबरको रकम वितरणयोग्य नाफाबाट घटाउनुपर्नेछ ।

नयाँ व्यवस्था अनुसार  ५ करोड भन्दा कम पुँजी लगानी भएको कृषि सम्बन्धी कम्पनी बीमकले लगानी गरेको तीन वर्ष अवधि पश्चात् भने खुद नाफामा सञ्चालन भएको हुनुपर्नेछ छ, त्यस्तो नभएमा कम्पनीले शतप्रतिशत लगानी रकम सम्बन्धित आर्थिक वर्षमा वितरणयोग्य मुनाफाबाट घटाउनुपर्ने निर्देशनमा उल्लेख छ ।

यसैगरी केबलकार कम्पनीको हकमा ६ वर्षको सीमा तोकिएको छ, सो अवधिमा कम्पनी शेयर बजारमा सुचीकृत नभएमा नाफाबाट लगानी रकम घटाउनुपर्नेछ । 

स्वास्थ्य तथा शिक्षा सम्बन्धी कम्पनी बीमा कम्पनीले लगानी गर्नु पूर्व सञ्चालनमा आएको भएमा लगानी गरेको दुई वर्षपछि खुद नाफामा नगएमा पनि प्रोभिजनीङ गर्नुपर्नेछ । कम्पनीले सम्बन्धित आर्थिक वर्षको वित्तीय विवरणमा लगानी भएको रकमलाई वितरणयोग्य नाफाबाट घटाउनुपर्ने सर्त राखिएको छ ।

त्यस्तै, घरजग्गा व्यवसायमा लगानी गरेको हकमा भने निर्माण अवधिमा परियोजना बनिसकेको हुनुपर्नेछ । त्यस अवधिमा परियोजना नबनेमा कम्पनीले शतप्रतिशत रकम प्रोभिजनिङ गर्नुपर्ने छ ।

प्राधिकरणका अनुसार कम्पनीहरुले प्राइभेट इक्विटी फण्ड र भेञ्चर क्यापिटल फण्डमा गरेको लगानीको रेखांकन गरको रकम भन्दा उक्त फण्डमा भएको लगानीको खुद सम्पत्ति कम भएका लेखांकन गरेकोरकम र फण्डमा भएको को लगानीको खुद सम्पत्तिको मूल्यको फरक रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्नेछ । 
 

Sponsored Advertisment