Below Menu
Below Menu

एनएमबिसहित तीन बैंकको डेढ लाख कित्ता शेयर बिक्रीमा

एनएमबिसहित तीन बैंकको डेढ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं : एनएमबिसहित तीन बैंकले डेढ लाख कित्ता शेयर बिक्रीमा ल्याएका छन् । एनएमबि, सानिमा र सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ४५ हजार १७२ कित्ता शेयर बिक्रीमा ल्याएका हुन् ।

बैंकहरुले विद्यमान संस्थापक शेयरधनी र अन्य व्यक्ति तथा संस्थाले समेत खरिद गर्न पाउनेगरी शेयर बिक्रीमा ल्याएका हुन् । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ५२ हजार १७२ कित्ता बिक्रीमा ल्याएको हो । उक्त शेयरको मूल्य प्रतिकित्ता न्युनतम मूल्य १२० रुपैयाँ तोकिएको छ । 

बैंकको शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनी, व्यक्ति वा संस्थाले आवश्यक कागजात संकलन गरी चैत्र २२ गतेभित्र एनएमबि क्यापिटल, बालुवाटार काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र आवेदन आफूले खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्यसमेत खुलाई आवेदन पेश गर्ने सक्नेछन् ।

त्यस्तै, सानिमा बैंकक लिमिटेडले शेयरधनी दिलिप श्रेष्ठको नाममा रहेको ६८ हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकको शेयरमूल्य न्युनतम प्रतिकित्ता १५० रुपैयाँ रहेको छ । बैंकको शेयर खरिद गर्न इच्छुक शेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिन भित्रमा आवश्यक कागजात सहित बैंकको केन्द्रीय कार्यलय नारायणचौर, नक्सालमा आवेदन पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयरधनी अर्जुन भट्टराई नाममा रहेको २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकको शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा आफुले के कति सेयर खरिद गरि लिनेको खुलाई आवेदन पेश गर्न सक्नेछन् ।

साथै, तोकिएको समयमा संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नपरेको खण्डमा बैंकले प्रचलित कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने बैंकले जनाएको छ ।
 

Advertisment

थप समाचार