काठमाडौं : भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीका समस्या समाधान गर्न कठोर नीति लिन आवश्यक रहेको बताएका छन् । शुक्रबार सहकारीमा दोस्रो तहको नियामक आवश्यक र औचित्य सम्बन्धि बृहत छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने,‘सहकारीमा अहिले बनाइएका अहिले भइरहेका नीति पर्याप्त छैन । यो नीतिले अहिलेको सहकारीको समस्या समाधान गर्न कठिन छ । त्यसले गर्दा सहकारीका समस्या समाधान गर्नका लागि कठोर नीति ल्याउन आवश्यक छ ।’
त्यस्तै, मन्त्री अधिकारीले अहिले नेपालमा सञ्चालनमा रहेका सहकारीको संख्या अत्याधिक भइसकेकोले मर्जरबारे छलफल हुनु पर्ने बताए । उनले भने, सहकारीको सख्या धेरै भइसकेका छन् । हाम्रो मुलुकमा यतिको संख्यामा सहकारी आवश्यक छ कि छैन भन्नेबारे सोच्नु पर्ने हुन्छ । सहकारी मर्जरबारे समेत बहस गर्नु पर्ने आजको आवश्यकता छ ।
केहि सहकारीले गलत काम गर्दैमा सबै सहकारीहरु नै काम छैन भन्न नहुने उनको तर्क रहेको थियो । मन्त्री अधिकारीले भने, ‘पछिल्लो समय केहि सहकारीमा समस्या आएका पक्कै हुन् । तर, केहि सहकारीले नराम्रो गरे भन्दैमा सहकारीप्रति वितृष्णा जगाउन आवश्यक छैन । आजका दिनमा पनि सहकारी आवश्यक छ ।’
समस्यामा परेका सहकारीहरुले जसरी अन्य सहकारीले पनि बदमासी नगर्न सुझाव दिँदै उनले अगाडी भने, ‘सहकारीका नाममा पैसा उठाएर व्यक्तिगत फाइदा लिने गरेको प्रवृतिका कारण समस्या आयो । केहिले काठमाडौंमा सहकारी खोल्ने । बचतकर्ताहरुको बारेमा सबै विवरण निकाल्ने पनि गरिएको पाइएको छ । बचतकर्ताको आन्तरिक जानकारी लिएर कताबाट फाइदा लिन सकिन्छ भन्नेतर्फ सहकारी केन्द्रित हुनु हुँदैन ।’
Advertisment