Below Menu
Below Menu

सिंगटी हाईड्रो इर्नजीको लिलामी शेयर भर्ने अवधि २ दिन बाँकी  

सिंगटी हाईड्रो इर्नजीको लिलामी शेयर भर्ने अवधि २ दिन बाँकी  

काठमाडौं : सिंगटी हाईड्रो इर्नजी लिमिटेडको सर्वसाधारणतर्फको लिलामी शेयरमा आवेदन दिने अवधि २ दिन मात्रै बाँकी रहेको छ । आवेदन दिने अन्तिम मिति नजिकिएसँगै बोलपत्र आवेदन फारम पाईने र बुझाउँने स्थानमा लगानीकर्ताको भीड लागेको  कम्पनीले जनाएको छ ।

सिंगटी हाईड्रो इर्नजीको सर्वसाधारण तर्फको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन चैत २० गते अर्थात आगामि मंगलबारसम्म  रहेको छ । कम्पनीले चैत १२ गतेदेखि ४६ लाख ११ हजार ५३५ कित्ता शेयर लिलामी मार्फत बिक्री खुल्ला गरेको छ ।

ईच्छुक लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको प्रधान कार्यालय नक्सालबाट, मुक्तिनाथ विकास बैंकको शाखा कार्यलयहरु ठिमी भक्तपुर, कुमारीपाटी ललितपुर, विर्तामोड विराटनगर, धरान, विरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुङ्गा पोखरा, बेनी, बुटवल, घोराही दाङ, नेपालगंज, सुर्खेत, महेन्द्रनगर र सिन्धु विकास बैंकको चरिकोट र दोलखा शाखाबाट पनि आवेदन दिन सक्नेछन् ।

Advertisment

थप समाचार