काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १७.३० अंकले घटेर २०१८.३३ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ४.७८ अंकले बढेर २०३५.६४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ६३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकम भने सामान्य सुधार देखिएको छ । आज बजारमा तीन अर्ब २० करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा दुई अर्ब ६५ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सर्वोत्तम सिमेन्ट्सको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २८ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
र्वाधिक मूल्य बढ्नेमा माया खोला हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज सर्वोत्तम सिमेन्ट्सको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment