काठमाडौं : सरकारको ट्रेजरी बिल्स र विकास ऋणपत्रको बोलकबोल तथा निष्कासन चैत १९ गतेदेखि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट हुने भएको छ ।
केन्द्रीय बैंकको मुद्रा व्यजस्थापन विभागले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । साथै, कार्यालयले बोलकबोलको निर्णय डिओएमएसको आधारमा गर्ने भएकोले उक्त कार्यमा सहभागीहरुले डिओएमएस र ओबिएसएस दुवैमा बोलकबोल पेश गर्नु हुन अनुरोध गरेको हो छ ।
दुवै प्रणालीमा बोलको विवरणमा एकरुपता नभएमा उक्त कार्यालयले बोल रद्द गर्न सक्ने समेत जनाइएको छ । थप जानकारीका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका कर्मचारीहरु डिलाराम गिरी, रोशन बुढाथोकी, उमेश रानामगर र ज्योति दाहाललाई सम्पर्क गर्न सकिने छ ।
Advertisment